जानकारी

  • स्थान : तिनाउ गाउपालिका २, नुवाकोट, पाल्पा
  • मिती : २०७९, श्रावण २७

पाल्पाको नुवाकोट डाडा

पाल्पा जिल्लाको तिनाउ गाउपालिका पर्ने नुवाकोट डाडा रुपन्देही र पाल्पाको सिमामा पर्ने क्षेत्र हो । नुवाकोट डाडा बाट बुटवलको सहरको सुन्दर दृश्य अबलोकन गर्न सकिन्छ । यस डाडाबाट बुटवल, तिलोत्तमा देवदह, भैरहवा भुमही सम्मको दुश्य देख्न सकिन्छ । यो ठाउमा बनभोज स्थल, भिउ टावर, मठ मन्दिर तथा मुर्तिहरु रहेका छन । बुटवलबाट यो स्थानमा पुग्न बुटवल बेलबास सान्तिचोक बाट पुर्बतर्फ गएपछी सिधा माथी उकालो चड्नुपर्छ । सिद्द्वावा सडक खन्डको बैकल्पिक मार्गको रूपमा लिईएको यो सडक नुवाकोट डाडा सम्म पिच भएको छ । साथै नुवाकोट डाडा देखि बसन्तपुर डाडा सम्म केबलकार संचालनको लागि काम भैरहेको छ ।


जानकारी

  • स्थान : श्री सिद्धबाबा मन्दिर, दोभान-५, पाल्पा
  • मिती : २०७९, असार २९

श्री सिद्धबाबा मन्दिर

सिद्धबाबा मन्दिर नेपालको पाल्पा जिल्लाको दोभान-५, बुटवल सहर नजिकै अवस्थित शिवको हिन्दू मन्दिर हो। यस मन्दिरमा नेपालभरका मानिसहरू र प्रायः पाल्पा र रुपन्देही र छिमेकी जिल्लाका हिन्दूहरूले दर्शन गर्ने गर्छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । ...पुरा पढ्नुहोस्


जानकारी

  • स्थान : रानीमहल, बौघागुम्बा, पाल्पा
  • मिती : २०७९, जेठ ३०

रानीमहल

रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । ...पुरा पढ्नुहोस्


जानकारी

  • स्थान : मालारानी, अर्घाखाँची
  • मिती : २०७९, जेठ १

मालारानी, अर्घाखाँची

मालारानी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूर र गोखुङ्गा गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसङ्ख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्युठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । ...पुरा पढ्नुहोस्


जानकारी

  • स्थान : ज्ञवाली बन्धु कुल पुजा
  • मिती :

ज्ञवाली बन्धु कुल पुजा रुरु क्षेत्र गाउपालिका-५ दाङ्सिर गुल्मी जन्मघर

...पुरा पढ्नुहोस्